के तपाईको नङमा कुनै यस्तो परिवर्तन आएको छ ? होसियार लाग्न सक्छ है यस्तो रोग

 

असार २९ ।  तपाईंलाई थाहा छ ? नङले मानव स्वास्थ्यको अवस्था कस्तो छ भनेर इंगित गर्नसक्छ। नङमा सेतो देखिनु, गुलाबी रङको देखिनु वा औँला वरिपरि घाउजस्तो देखिनु स्वास्थ्यमा केही रोगका लक्षण छन् भन्ने जनाउ हो। कलेजो, फोक्सो वा मुटुको समस्या समेत नङबाट पनि थाहा पाउन सकिन्छ। आउनुस्, नङले बताउने स्वास्थ्यको रहस्यबारे आउनुस् जानौँ । 

फुस्रो नङफुस्रो नङ केही गम्भीर रोगको लक्षण हुनसक्छ। फुस्रो नङले एनिमिया, हर्ट फेलियर, कलेजो रोग, कुपोषण आदि रोगको संकेत गर्छ। 

null

सेतो नङ यदि नङको वरिपरि गाढा सेतो देखिएमा कलेजोको समस्या भएको मान्न सकिन्छ, जस्तै हेपाटाइटिस। 

पहेँलो नङ पहेलो नङको मुख्य कारण फंगल इन्फेक्सन हो। यदि इन्फेक्सन बढेको खण्डमा नङ कालो हुनसक्छ र मोटो भएर नङ भाँचिन सक्छ। केही दुर्लभ केसमा पहेँलो नङले थाइरोइड, फोक्सोको समस्या, मधुमेह, छालाको समस्या सोरोसिस पनि हुनसक्छ। 

निलो नङनिलो रङले देखिने नङले शरीरमा अक्सिजनको कमी भएको भनेर जनाउँछ। त्यस्तो रङको नङ देखिएका फोक्सोको समस्या जस्तै इफिसेमा भएको पनि हुनसक्छ। केही मुुटुका समस्या पनि यस प्रकारका नङले बताउन सक्छन्। 

धर्सा देखिने नङयदि नङमा सेतो धर्सा, कुच्चिएको जस्तो देखियो भने सोरोसिस, आरथाइटिसका लक्षणहरु हुन सक्छन्। यस्तो अवस्थामा नङको रङ परिवर्तन हुने, नङको वरिपरिको छाला हल्का रातो र खैरो देखिन्छ। 

टुक्रेका तथा चिरिएका नङसुख्खा अनि टुक्रिरहने नङले थाइरोइडको लक्षण हुने बताउँछ। फंगल इन्फेक्सन भई नङ पहेँलो हुने अनि टुक्रिने, चिरिने हुन्छ। 

नङ वरिपरि सुन्निनुनङ वरिपरि सुन्निएको छ, रातो देखिन्छ र दुखाइ पनि धेरै महसुस हुन्छ भने त्यसले पनि केही समस्या छ भनेर दर्शाउँछ। यस्तो अवस्थाले केही रोगसँग लडिरहेको अवस्था देखाउँछ। योे लुपसको संकेत तथा तन्तुहरुमा केही गडबड भएको अवस्था हुनसक्छ। 

कालो रङको धर्का देखिनुनङमा कालो रङको धर्का देखिएमा यसले गम्भीर रोगको संकेत गरिरहेको हुनसक्छ। यस्तो हुनुको कारण तुरुन्त पत्ता लगाउनुपर्छ। छालाको सबैभन्दा डरलाग्दो क्यान्सर ‘मेलानोमा’ ले भएर पनि यस्तो भएको हुनसक्छ। 

नङ टोकिरहने बानी नङ टोक्नु सामान्य बानी मात्र नहुन सक्छ। यो अब्सेसिभ कम्पलसिभ डिसअर्डर पनि हुनसक्छ। यो भनेको एक प्रकारको मानसिक समस्या हो, जसमा मानिसलाई एउटै काम गरिरहन मन लाग्ने हुन्छ। यदि तपाईं यो बानी आफैं छोड्न सक्नुहुन्न भने डाक्टरको परामर्श लिनुस्। 

विभिन्नथरी तथा अवस्थाका नङले स्वास्थ्यमा विभिन्न समस्याको लक्षण देखाउने भए पनि यो दुर्लभ रुपमा हुन सक्छन्। नङमा समस्या देखिनेबित्तिकै हानिकारक तथा डरलाग्दो हुन्छ भन्ने होइन। सबै सेता नङ हुँदैमा हेपटाइटिस नै लागेको हुनसक्छ भन्ने होइन। यदि तपाईं आफ्नो नङमा आउने परिवर्तनप्रति सजग हुन चाहनुहुन्छ भने चिकित्सक वा छालारोग विशेषज्ञसँग सल्लाह लिनुहोस्। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *