सार्वजनिक ‘पासवर्ड’ को पोष्टरमा सन्नी अग्रस्थानमा

 

साउन १३, काठमाडौँ । भारतीय अनिभनेत्री सन्नी लीयोनको आइटम डान्स राखिएको नेपाली चलचित्र ‘पासवर्ड’ को पोस्टर सार्वजनीक गरीएको छ । 

केही समय अघीमात्र् अभिनेत्री सन्नीले डान्स गरेको यस चलचित्रको “सन्नी हो नाम मेरो” बोलको गित सार्वजनिक गरिएको थियो जसमा सन्नीको सन्नीको जोशिलो डान्स गरेका छन् ।  

null

एबी इन्टरनेशनलको ब्यानरमा तयार पारिएको यस चलचित्रको सार्वजनिक गरिएको पोष्टरमा मुख्य कलाकार भन्दा बढी सन्नीलाई अग्रस्थान दिईएको छ । चलचिमा अनुपविक्रम शाही, विक्रम जोशी बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको कलाकारको भूमिकका रहेको छ । 

३० करोड लगानीमा बनेको एक्सन, कमेडी र थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रमा अभिनेत्री सन्नीले आइटम गितको लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । 

सम्राट बस्नेतको निर्देशन गरेको चलचित्र ‘पासवर्ड’मा अकिंत गौतम कार्यकारी निर्माता रहेको छन् भने अजित के थापाले सहनिर्माताको काम गरेका छन् । 

चलचित्रको ९८ प्रतिशत छायाँकन बेलायत र दुई प्रतिशत नेपालमा भएको बताइएको यस चलचित्रको प्रदर्शन मिति भने भदौ २७ लाई राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *