नालीमा बस खस्दा २९ जनाको मृत्यु, १८ घाइते

 

असार २३, नयाँ दिल्ली । भारतमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 

लखनउबाट दिल्लीका लागि छुटेको बस उत्तर प्रदेशको अगरास्थित यमुना एक्सप्रेसवेको नालीमा खस्दा २९ जनाको मृत्यु भएको हो । मुत्यु हुनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका छन् । 

null

सोमबार बिहान पानै पाँच बजेतिर बस अनियन्त्रित भएर नालीमा खसेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *