अफगानको शान्ति सहजीकरणका लागि पाकिस्तान तयार

 

साउन ८ अमेरिका ।  अमेरिकाको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी अफगानिस्तानको शान्ति प्रक्रियामा आफूले जस्तोसुकै सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । 

भ्रमणका अवसरमा प्रधानमन्त्री खानले भनेका छन, “अफगान शान्ति प्रक्रियामा पाकिस्तानले आफ्नो क्षमताअनुसारको जुनसुकै सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।” उनले विगत ४० वर्षदेखि द्वन्द्वमा रहेका अफगानी जनतामा शान्ति स्थापनाको जिम्मेवारी विश्वले लिनुपर्ने बताए । 

null

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भ्रमण प्रतिनिधिमण्डललाई न्यायो आतिथ्यता प्रदान गरेको भन्दै प्रधानमन्त्री खानले धन्यवाद दिएका छन् । उनले पाकिस्तानको धारणा बुझेकोमा राष्ट्रपति ट्रम्पको प्रशंसासमेत गरे । 

प्रधानमन्त्री खानले काश्मिर द्वन्द्वलाई लिएर पाकिस्तान र भारतबीच रही आएको संवादहिनताको स्थिति सल्टाउन राष्ट्रपति ट्रपसँग मध्यस्थताका लागि गरिएको आग्रहप्रति भारतले दिएको प्रतिक्रियाप्रति उनले आश्चर्य व्यक्त गरेका छन् । 

विगत ७० वर्षदेखि काश्मिर विवादले उपमहाद्वीप नै बन्धक बन्दै आएको उल्लेख गर्दै उनले भनेका छन्, “पुस्तौंदेखि काश्मिरी जनता दुःखमा छन् र दैनिक पीडामा छन् यसको समाधान खोज्नुपर्छ ।” 

प्रधानमन्त्री खानले उक्त प्रस्ताव राखेको एक घण्टापछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग काश्मिर द्वन्द्वका विषयमा भएको छलफलबारे सोधेर पाकिस्तानी प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको भारतीय विदेशी मन्त्रीले बताएका थिए । 

भारतका विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले भनेका छन्, “हामी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया हेरिरहेका छौं, भारत र पाकिस्तानले काश्मिर मुद्दामा अनुरोध गरेको खण्डमा उनी मध्यस्थता गर्न तयार छन् होला । प्रधानमन्त्री मोदीले त्यस्तो अनुरोध गर्नुभएको छैन ।” 

“यस विषयमा भारतको आफ्नो अडान छ, पाकिस्तानले यस्ता विषय द्विपक्षीय रुपमा छलफल गर्न सक्छ ” उनले भनेका छन् । 

प्रधानमन्त्री खानले ह्वाइट हाउसमा ट्रम्पसँग विश्वको शक्तिशाली मुलुकले अमेरिकाले उपमहाद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भनेका थिए । प्रतिक्रियामा ट्रम्पले भारतसँग सोध्नुपर्ने बताएका थिए । 

“मलाई अचम्म लागेको छ, यो कति लामो गइरहेको छ, उनीहरुले समाधान गर्नुपर्नेछ । यो समाधान गर्नु सक्नुहुनेछ र म मध्यस्थता गर्न सक्छु ।” ट्रपले भनेका छन् । प्रधानमन्त्री इमरानले पाकिस्तानी–अमेरिकी समुदायलाई उपस्थितीका लागि धन्यवाद दिएका छन् । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *