विदेशबाट आउने अपरिचित फोन कल नउठाउन प्राधिकरणको आग्रह

 

साउन ९, काठमाडौं । विदेशका अपरिचित नम्बरहरुबाट नेपालको मोबाइल–टेलिफोन नम्बरहरुमा बारम्बार मिस्डकल आएमा कल ब्याक नगर्न तथा फोन नउठाउन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । 

Wangiri Scam (One Ring Scam)  भनिने यस्ता मिस्डकल विगतमा पनि गरेको स्मरण गराउँदै प्राधिकरणले यस्ता कल नउठाउन सबैमा आग्रह गरेको हो । विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्नका लागि गरिने छ । ती फोन रिसिभ गर्ने तथा कलब्याक गर्नेकाे ब्यालेन्स घट्ने समस्या हुन सक्ने बताइएकाे छ। 

null

विदेशका अपरिचित नम्बरहरुबाट कल आएको खण्डमा प्राधिकरणको इमेल ठेगाना [email protected] वा [email protected] मा जानकारी गराउन प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =