याे हाे संसारकाे एक्लाे समुन्द्री किनारमा बनेकाे एयरपोर्ट

 

साउन ८,  स्कटल्याण्ड ।  स्कटल्याण्डको बाराद्वीपस्थित एयरपोर्ट केही विशेष छ । उत्तर एटलान्टिक महासागरको तटमा रहेको यो दुनियाँको पहिलो यस्तो हवाई अड्डा हो जहाँ कुनै रनवे छैन । यहाँ समुद्री किनारामा नै विमान अवतरण हुन्छ । ठूलो छाल आएका बेला चेतावनी जारी गरिन्छ र विमान अवतरण गर्न दिइँदैन । 

बारा नाम दिइएको उक्त विमानस्थल समुद्री किनारामा अवस्थित संसारको एक्लो एयरपोर्ट हो । यो ग्लासगो एयरपोर्टसँग पनि जोडिएको छ । समुद्री आँधी आउँदा वा यसको सूचनापछि एयरपोर्ट बन्द गरिन्छ भने उडान रद्द गरिन्छ । 

null

बारा एयरपोर्टमा धेरैजसो साना विमान (२० सिटे) मात्रै ल्याण्ड गर्छन् । यहाँ दैनिक स्कटिश एयरलाइनका दुई विमान पुग्छन् । यहाँ विमान बालुवामा नै ल्याण्ड गर्छ । आँधी आउँदा अवतरणको समय परिवर्तन गरिन्छ । 

समुद्री किनारामा एउटा सानो भवन बनाइएको छ जसलाई तपाईं टर्मिनल भन्न सक्नुहुन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *