यी नाै महिने बालिकाकाे लागि युएइले देशकै कानुन परिवर्तन गरेपछी

 

असार १५ । संयुक्त अरब इमिरेट्स (युएइ) ले ९ महिनाकी एक बालिकाको लागि देशको विद्यमान कानुन नै परिवर्तन गरेको छ। युएइ सरकारले ती बालिकालाई जन्म दर्ता प्रमाण पत्र दिनको लागि कानुन परिवर्तन गरेको हो । यहाँको कानुनअनुसार मुस्लिम महिलाले गैर मुस्लिम पुरुषसँग विवाह गर्न पाउँदैनन्। 

तर, ती बालिका भने हिन्दू पिता र मुस्लिम आमाकी सन्तान थिइन् । यहाँको कानुनअनुसार मुस्लिम पुरुषले भने गैर मुस्लिम महिलासँग विवाह गर्न पाउँछन्। खलीज टाइम्सका अनुसार बालिकाका मातापिता दुवै भारतीय हुन् । युएइको शारजाहमा बस्ने किरण बाबु र सनम साबु सिद्दिकीको २०१६ मा भारतको केरलमा विवाह भएको थियो। 

null

त्यसपछि यी दुवै शारजाहमै बस्दै आइरहेका थिए। जुलाइ २०१८ मा दम्पतीले छोरी अनाम्ता एसिलिन किरणलाई जन्म दिए। त्यसपछि भने उनीहरुलाई निकै समस्या भयो। 

किरण बाबुका अनुसार छोरीको जन्मपछि अस्पतालले पिता हिन्दू भएको भन्दै बालिकाको जन्म प्रमाणपत्र दिन अस्वीकार गर्यो । उनले प्रमाणपत्र पाउनको लागि अदालतमा निवेदन दिए तर ४ महिनाको सुनुवाइपछि उनको निवेदन खारेज गरियो। 

उनीहरुसँग छोरीको अस्तित्व प्रमाणित गर्ने कुनै पनि कानुनी दस्तावेज थिएन। जन्म प्रमाणपत्रको अभावमा बालिकाको पासपोर्ट बनाउने बाटो रोकियो र यी भारतीय दम्पती युएइ छाडेर भारत फर्कन पनि असमर्थ भए किनकि बिना पासपोर्ट बालिकालाई अर्को देश लैजान पाइँदैनथ्यो। 

युएइले २०१९ साललाई इयर अफ टोलेरेन्स (सहनशीलता वर्ष) घोषित गरेको छ। विभिन्न संस्कृतिमा तालमेल स्थापित गर्न सकियोस् र आपसमा स्वीकार्यता बढाउँदै सहिष्णु देश बनाउन सकियोस् भनेर यस्तो गरिएको हो। 

यही अभियान अन्तर्गत कानुनमै संशोधन गरेर बालिकालाई जन्म प्रमाण पत्र दिइएको हो। जन्म प्रमाणपत्र भएपछि बालिकालाई युएइइ छाडेर अन्यत्र जाने बाटो खुलेको छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *