यसरी निमको तेलको प्रयोग गरी सुन्दर र स्वास्थ्य बन्नुस्

 

असार ३० । निम एउटा बनस्पति हो । यसको स्वाद अति नै तितो हुन्छ । तर निम स्वास्थ्य र सौन्दर्यको दृष्टिकोणले निकै गुणकारी छ । नीमलाई हामी औषधीको रुपमा प्रयोग गर्नुकाे साथै सौन्दर्यको लागि पनी प्रयोग गर्न सक्छौँ 

निमको बीउबाट निकालिएको तेल निकै पफाइदाजनक छ यस तेलले स्वास्थ्य र सौन्दर्य दुवैका लागि प्रयोग गर्न सकिन्छ । निमले स्वास्थ्य र सौन्दर्यमा कसरी फाइदा पुर्याउँछ तल बताईएको छ । 

null

– डन्डीफोरको दाग हटाउन पनि निमको तेल अती उपयोगी हुन्छ । 

– कपाल स्वस्थ र चम्किलो बनाउन पनि नीमको तेल लाभकारी छ । कपाल सुक्खा भएमा नीमको तेल लगाएमा कपालमा हाँगा फाट्न दिदैन जुम्रा पर्दा पनि नीमको तेल प्रयोग गरेमा लाभ हुन्छ । 

– लामखुट्टे र त्यसबाट जन्मिने लार्भालाई नीमको मद्दतले नष्ट गर्न सकिन्छ । यसले जैविक कीटनाशकको काम गर्छ । पर्यावरणलाई हानि र्पुयाउँदैन । माहुरी, गड्यौलाजस्ता उपयोगी कीरालाई हानि र्पुयाउँदैन । 

– सुक्खा छालाका लागि नीम फाइदाजनक छ । छाला सुन्निँदा वा चिलाउँदा यसको तेलको प्रयोग गरेमा केहि राहत दिन्छ । पोलिएर शरीरमा घाउ हुँदा नीमको तेलले घाउ निको पार्न मद्दत गर्छ । 

– आँखासम्बन्धी विभिन्न समस्यामा नीमको तेल लाभदायक हुन्छ । आँखामा समस्या हुँदा यस तेललाई गाजलजस्तै लगाउन सकिन्छ । आँखा सुन्निँदा नीमको पात पिसेर लगाउन सकिन्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *