छवि र शिल्पाविरुद्ध जेठी श्रीमतीले हालिन् बहुविवाहको मुद्दा

 

साउन ५, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविराज ओझासँग डिभोर्सका लागि प्रक्रिया चालिरहँदा छविकी जेठी श्रीमती ५३ वर्षीय हेमा ओझाले पनि मुद्दा दायर गरेकी छिन् । 

हेमाले आइतबार शिल्पा र छवि दुवैलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाउन महानगरिय प्रहरी वृत्त गौशलामा छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन् । हेमातर्फबाट छविका २ छोरा छन् । 

null

अधिवक्ता स्वागत नेपालकाे लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले दिएको निवेदनमा उल्लेख छ ।  

केही साताअघि शिल्पाले आफूमाथि घरेलु हिंसा भयो, सुरक्षा चाहियो भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । 

मिडियादेखि सामाजिक सञ्जालसम्म अहिले उनीहरुबीचको सम्बन्धबारे पक्ष विपक्षमा वाद–विवाद चलिरहँदा घटनाले फेरि नयाँ मोड लिएको छ । शिल्पाको पक्ष–विपक्षमा टिप्पणी भइरहँदा अब उनीहरु दुवैविरुद्ध सार्वजनिक रुपमा आलोचना हुन थालेको छ । 

यसअघि आफूलाई सचेत नगराएका कारण आफू छविसँग फसेको भन्दै शिल्पाले आक्षेप लगाइरहँदा रेखाका शुभचिन्तकहरुले शिल्पालाई सचेत गराइरहेका थिए । शिल्पाका पक्षमा कलिउडका थोरै कलाकार मात्रै छन् । 

केही महिला अधिकारकर्मी र कानुन व्यवसायीहरुले पनि शिल्पाकै गल्ती औँल्याइरहेका छन् । कानको जाली नै फुट्ने गरी हानेको हो वा होइन भन्ने त्यसमा पनि उनीहरुको आशंका छ । 

छविको श्रीमती (रेखा थापा) छ भन्ने थाहा हुँदाहुँदै उसँग विवाह गर्नु शिल्पाको गल्ती भएको उनीहरु बताउँछन् । सम्पत्ति, करिअरकै लागि आफूभन्दा दुई गुणा उमेर भएकासँग विवाह गरेको भन्ने उनीहरुको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *