स्विम सुटसँग पञ्जा लागाउँदा प्रियंकाकाे ट्राेल

 

साउन १३, भारत ।  बलिउड नायिका प्रियंका चोपडा जोनसले हालै श्रीमान् निक जोनाससँग केही तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । 

यी फोटोमा उनी श्रीमान् निकसँग निकै रोमान्टिक अन्दाजमा देखिएकी छिन् तर यी तस्बिरमा उनले गुलाबी स्विम सुटसँग गुलाबी पञ्जा लगाइरहेको देख्न सकिन्छ । यो गुलाबी पञ्जाका कारण प्रियंका निकै ट्रोल भइरहेकी छिन् । 

null

 फेसन सेन्सका लागि प्रयोगकर्ताले गरिरहेका छन् ट्रोलः 

उनका प्रशंसक यो थाहा पाउन खोजिरहेका छन् कि आखिर स्विमिङको क्रममा उनले किन पञ्जा लगाइरहेकी छिन् । एक प्रयोगकर्ताले उनको फोटोमा कमेन्ट गर्दै सोधेका छन्, ‘पौडी खेल्दा कसले पञ्जा लगाउँछ ?’ 

यस्तै अर्काले लेखेका छन्, ‘स्विम सुटसँग पञ्जा लगाउनु कहाँको फेसन हो भनेर मलाई कसैले बुझाउन सक्छ ? त्यो पनि नीजि समारोहमा । तपाईं आफ्नो श्रीमानमा यति हराइरहनुभएको छ कि सबैकुरा बिर्सिनुभएको छ ।’ 

यस्तै एक अन्यले लेखे, ‘पञ्जा लगाउनु फेसनको हिसाबले अति नै भएको छ ।’ 

 

मियामीमा मनाइन् प्रियंकाले ३७ औं जन्मदिनः 

यो फोटो नायिकाको ३७ औं जन्मदिनको सेलिब्रेसन र मियामीको भेकेसनको हो । तर यी फोटोका लागि नायिकाको मज्जाले ट्रोल भइरहेको छ । सोसल मिडियामा उनका प्रशंसकको नजर उनको गुलाबी पञ्जामा टिकेको छ । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *