“मलाई आजसम्म कुनै केटीले पनि विवाहको लागि प्रस्ताव गरेका छैनन्”: सलमान

 

साउन १० ।  बलिउड अभिनेता सलमान खानको विवाह हरेकको चासोको विषय हो । तर, उनले ५३ वर्ष पुग्दा सम्म विवाह गरेका छैनन् । 

सलमान रिलेशनशिपमा नभएका भने होइनन् । उनले थुप्रै युवतीसँग डेट गरिसकेका छन् । उनले सोमी अली, संगीता बिजलानी, ऐश्वर्य राय, कट्रिना कैफ लगायतका अभिनेत्रीहरुलाई डेट गरेका थिए । तर उनले कसैसँग पनि विवाह गरेनन् । 

null

हालै सलमानले एक अन्तर्वातामा आफुलाई कुनै युवतीले विवाहको प्रस्ताव नराखेको बताए । उनी भने, ‘मलाई आजसम्म कुनै केटीले पनि विवाहको लागि प्रस्ताव गरेका छैनन् । मैले अहिलेसम्म क्यान्डललाइट डिनर गरेको छैन । क्यान्डललाइटमा म के खाइरहेको छु भनेर देखिदैन । त्यसैले मलाई मन पर्दैन । तर मलाई निकै दुख लाग्छ कि मलाई अहिलेसम्म केटीहरुले विवाहको प्रस्ताव नै गरेका छैनन् ।’ सलमान हाल लुलियासँग डेट गरिरहेका छन् । 

सलमान स्टारर फिल्म ‘भारत’ ले व्यापारिक सलफता हासिल गरेको थियो । सलमान खानको ‘दवंग’को छायांकन सकिसकेको छ । यो फिल्म डिसेम्बर २० देखि प्रदर्शन हुँदैछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *