बजरंगी भाइजानकी मुन्नी अहिले यस्ती देखिन्छिन् (हेर्नुस् केही तस्विर)

 श्रवण २, भारत ।  बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जुटेकी छिन् । 

 

हर्षाली मल्होत्राले विभिन्न समयमा बलिउडको विषयमा आफ्नो महत्वाकांक्षालाई व्यक्त गरिसकेकी छिन् । उनी ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहन्छिन् । हर्षाली मल्होत्रा एक बालकलाकार हुन् जसले फिल्म ‘बजरंगी भाइजान’ मार्फत् पहिचान पाएकी थिइन् । 

null

 

अहिले उनी ११ वर्षको भइसकेकी छिन् । बजरंगी भाइजान हर्षाली मल्होत्राको पहिलो फिल्म थियो । यो फिल्ममा हर्षालीले मुन्नीको भूमिका निभाएकी थिइन् । यो भूमिकाका कारण मुन्नीलाई निकै रुचाइएको थियो । 

मुन्नी अहिले आफ्नो पढाईमा व्यस्त छिन् । हर्षाली अहिले निकै सानी छिन् त्यसकारण उनी आफ्नो सोसल मिडिया अकाउन्ट चलाउँदिनन् । 

उनको अकाउन्ट उनकी आमाले चलाउँछिन् । हर्षालीले कृति सेननसँग विज्ञापन गरेर करियर सुरु गरेकी थिइन् । हर्षालीले नायकमा सलमान खान र नायिकामा कट्रिना कैफ मनपर्ने बताउने गरेकी छिन् । एजेन्सी 

 

 

  

 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *