अब म वहाँ (छवि) सँग बस्न सक्दिनः शिल्पा पोखरेल

असार २६, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझासँग बस्न नसक्ने बताएकी छिन् । 

बिहीबार महानगरीय प्रहरी परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै अभिनेत्री एवम् मोडेल शिल्पाले सहमति भएपनि छविसँग अब बस्न नसक्ने बताएकी हुन् । 

‘मलाई जे पर्यो मैँले भोगेँ । कसैलाई दुख्दैन, मलाई मात्रै दुख्छ । मैँले छविलाई घरेलु हिंसाविरुद्ध उजुरी हालेकी हुँ । आफ्नो ज्यान सुरक्षा गराइपाऊँ भनेर उजुरी गरेकी हुँ । छविले मेरो घाँटी थिचेपछि म घरबाट भागेकी हुँ । छविले प्रहरी परिसरमा आफूले घरेलु हिंसा गरेको र अबदेखि यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि हामीबीच सहमति भएको हो । तर उहाँले मलाई जे पनि गर्न सक्नुहुन्छ । अब म वहाँसँग बस्न सक्दिन’, शिल्पाले भनिन् । 

null

 

शिल्पाले श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षा पाऊँ भनि उजुरी दिएकी थिइन् । उनीहरुबीच आज महानगरिय प्रहरी परिसरमा आज छलफल भएको थियो । छलफलपछि लिखित सहमति भएको हो । छविले डिभाेर्स नदिने भनेपछि शिल्पा त्यहाँबाट रूँदै बाहिरिएकी थिइन् । 

शिल्पाले २ वर्षअघि मात्रै छविसँग लगनगाँठो कसेकी थिइन् । तर उनीहरुले विवाह भएको सार्वजनिक गरेका थिएनन् । तर केही वर्ष यतादेखि सँगै बसेका थिए । शिल्पा छविकी चौँथो श्रीमती हुन् । अभिनेत्री तथा छविकी तेस्रो श्रीमती रेखा थापासँग डिभोर्सपछि शिल्पा छविको घरमा भित्रिएकी थिइन् । 

 

म्युजिक भिडियोमा आफुलाई अब्बल मोडलको रुपमा स्थापित गरिसकेकी शिल्पाले छवि ओझाको चलचित्र ‘लज्जा’ मार्फत् डेब्यु गरेकी थिइन् । सोही समयमा उनीहरुबीच प्रेम भएको चर्चा चलेको थियो । शिल्पाले छविको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *