किन पाकिस्तानमा नावाज शरिफकी छोरीको अन्तर्वार्ता जबरजस्ती रोकियो ?

 

असार २९, पाकिस्तान ।  पाकिस्तानमा बिहिबार पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजको एक अन्तर्वार्ता प्रसारित गरिएको थियो जसलाई अचानक बीचमा नै रोकिएको थियो । 

त्यसपछि एक पटक पुनः पाकिस्तानको इमरान सरकार प्रश्नले घेरिएकमो छ । केही दिन अघि मात्रै मरियमको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गरेकोमा केही च्यानललाई सरकारको तर्फबाट नोटिस पठाइएको थियो । 

null

ताजा मामलामा मरियम ‘हम न्यूज’ का पत्रकार नदिम मलिकलाई अन्तर्वार्ता दिइरहेकी थिइन् । 

पछि उक्त अन्तर्वार्तालाई जबरजस्ती रोकिएको विषयमा नदिम मलिकले ट्वीट पनि गरे । साथै उक्त अन्तर्वार्ताको लिंक पनि सेयर गरे । 

उनको ट्वीटपछि च्यानलले पनि ट्वीट गर्यो, ‘अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्नु हाम्रो कर्तव्य हो । तर यसका साथै हामी संविधान र देशको अदालतको पनि सम्मान गर्छौं ।’ 

आखिर घटना के हो ? 

पूर्व प्रधानमन्त्री नवाज शरिफ अजिजिया स्टिल मिल भ्रष्टाचार मामलामा ७ वर्षदेखि जेल सजाय काटिरहेका छन् । 

गत शनिबार (६ जुलाई) मा मरियमले एउटा भिडियो जारी गरेकी थिइन् जसमा एक न्यायाधीसले आफू नवाज शरिफविरुद्ध सजाय सुनाउन बाध्य भएको सुन्न सकिन्थ्यो । 

मरियमले न्यायाधीस मलिकले नवाज शरिफविरुद्ध दबाबमा निर्णय लिएको कुरा स्विकारेको दाबी गरेकी थिइन् । 

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएलएन) की नेता मरियम नवाजले आफ्नो आरोपलाई प्रमाणित गर्नका लागि शनिबार एक पत्रकार सम्मेलन गरेर भिडियो जारी गर्यो । 

जब शनिबार उक्त भिडियो जारी गरियो तब भ्रष्टाचारको मामलाको सुनुवाई गर्ने इस्लामाबादको जवाफदेही अदालतका न्यायाधीस मोहम्मद अरशद मलिकले मरियम नवाजको यी आरोपलाई झुटो बताए । 

भिडियो जारी भएपछि पाकिस्तानमा हंगामा भयो त्यसपछि न्यायाधीसको तर्फबाट अदालतका रजिस्ट्रारले आइतबार दिउँसो एक प्रेस विज्ञप्ती जारी गर्दै यसको खण्डन गरे र यसलाई गलत, धोकापूर्ण र निराधार बताए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *