तरकारी बोकेको भारतिय गाडिमा तोडफोड

चितवन, २६ असार । चितवन भरतपुरको क्षेत्रपुरमा स्थित तरकारी तथा फलफूल संकलन तथा बिक्री केन्द्रमा एउटा भारतिय गाडिमा तोडफोड भएको छ । तरकारी बोकेर आएको युपि ४१ एटि २६९१ नम्बरको गाडीमा तोडफोड हो । 

 

स्कुटरमा आएका दुई जनाले गाडिमा आगजनीको प्रयास समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनिहरुले इट्टाले हानेर गाडिको अगाडि भागको सिसा फुटाएका छन् । घटन स्थलमा अन्य ब्यापारी आएको देखेपछि उनीहरु भागेका थिए । 

null

घटनाका बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान बहादुर मल्लले बताए । भारतीय तरकारी आएको विरोध गरीरहेका समुहले तोडफोड गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *