विश्वविद्यालयमा बम विस्फोटः ४ जनाको मृत्यु, ८ जना घाइते

 

साउन २, काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । 

स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ । 

null

यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *