यस्ताे लुक्समा देखिए संजय दत्त

 

साउन १४, भारत ।  अभिनेता संजय दत्तको ६० औं जन्मदिनको अवसर पारेर ‘केजीएफ २’ फिल्म टिमले उनको लुक सार्वजनिक गरेका छन् । यो फिल्ममा संजयले भिलेन अधिराको भुमिकामा देखिदैछन् । 

संजय आफैले पनि ट्विटरमा पोस्टर सेयर गरेका छन् । उनले लेखेका छन्, ‘फिल्म युनिटलाई धन्यवाद, केजीएफमा सहभागी हुन पाउँदा एकदमै खुशि र उत्साहित छु ।’ यो फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ । 

null

यो फिल्मको पहिलो पार्ट गत वर्ष प्रर्दशन भएको थियो । फिल्मले करिब २५० करोड कलेक्सन गरेको थियो । यो फिल्म सुपरहिट भएपछि छोटो समयमै दोस्रो पार्टको काम शुरु गरिएको हो । केजीएफको पहिलो पार्ट र दोस्रो पार्टमा यश र श्रीनिधि शेट्टीको मुख्य भुमिका रहेको छ । यो फिल्म २०२० मा रिलिज हुनेछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *