अमेरिकाले एलियन लुकाएर राखेको खुलासा

 

असार २९, अमेरिका। कयैन ‘साइन्स फिक्सन’ फिल्ममा एउटा सन्देश बारम्बार दोहोरिरहेको हुन्छ – सरकरले आम सर्वसाधरणलाई एलियनको अस्तित्वबारे ढाँटिरहेको छ । यो सन्देशलाई केही मानिसले गम्भीर रुपमा लिएको जस्तो देखिन्छ । 

अमेरिकाको नेभाडा राज्यस्थित सैन्य क्षेत्र ‘एरिया ५१’मा एलियन रहेको धेरै पहिलेदेखि हल्ला हुँदै आएको छ । 

null

अमेरिकी सेनाको प्रयोगमा रहेको र पहाडहरुले घेरिएको मरुभूमिजस्तो क्षेत्रमा रहेको उक्त स्थानमा सर्वसाधरण मात्र होइन, अनुमति बिना सेनाले पनि पहुँच पाउँदैनन् । 

‘एरिया ५१’ को अति गोपनीय चरित्रको कारण षड्यन्त्रवादी सिद्धान्तकारहरु पहिलेदेखि त्यहाँ केही गोप्य काम चलिरहेको भन्दै आएका छन् । 

हाल आएर चार लाख व्यक्तिले ‘एरिया ५१’ बलपूर्वक पसेर त्यहाँको सत्यतथ्य बाहिर ल्याउने ‘फेसबुक इभेन्ट’ राखेका छन् । सेप्टेम्बर २० गतेको लागि राखिएको उक्त कार्यक्रम हालसम्म साढे सात लाखले सहभागी हुने इच्छा देखाएका छन् । 

‘न्युजविक’का अनुसार उक्त ‘इभेन्ट्स’को नाम ‘स्टोर्म एरिया ५१, दे कान्ट स्टप अस अल (एरिया ५१ मा धावा बोलौँ, तिनले हामी सबैलाई रोक्न सक्दैनन्)’ राखिएको छ । 

नामले नै सहभागी जनाउने व्यक्तिहरु नेभोडाको मरुभूमिमा रहेको उक्त क्षेत्रमाथि बलजफ्ती छिर्ने आह्वानजस्तो देखिन्छ । 

फेसबुक पेजमा उक्त क्षेत्रमाथि धावा बोल्ने तरिका पनि व्याख्या गरिएको छ । त्यसमा लेखिएको छ, ‘हामीहरु सबै जम्मा भएपछि एक्कै पटक ‘नारुतो दौड’ लगाउनु पर्छ ।’ 

‘नारुतो दौड’ जापानी कार्टुन पात्र नारुतो उजुमाकीबाट प्रभावित छ जो टाउको झुकाएर, पाखुरा पछाडि पार्दै कुद्छ । ‘यसो गर्दा हामी तिनको गोलीभन्दा पनि छिटो अघि पुग्नेछौँ,’ फेसबुक पेजमा लेखिएको छ । 

हुनतः फेसबुक पेज निर्माता कमिकबुक डट कम विगतमा पनि रमाइलो मिम पोष्ट गर्ने गरेकाले यो सामान्य रमाइलो मात्र हुन सक्छ तर अमेरिकी सेना भने यस आह्वान व्यवहारमा उतारिने हो की भनेर सतर्क रहेको छ । 

रुसी मिडिया आरटीको वेबसाइटका अनुसार अमेरिकी एयर फोर्सकी प्रवक्ता लाउरा म्याकएडमले यस ‘इभेन्ट’प्रति आफूहरुको ध्यानाकर्षण भएको बताउँदै भनेकी छिन् ,‘ अमेरिकी सैन्य फौजलाई तालिम दिइने उक्त स्थानमा नआउन हामीहरु आग्रह गर्छौं ।’ 

एलियनमा विश्वास गर्नेहरु सन् १९४७ मा अमेरिकाको न्यु मेक्सिको राज्यको रसवेलमा एलियनको यान दुर्घटना भएको विश्वास गर्छन् । त्यस यान र त्यसमा रहेका एलियनलाई एरिया ५१ मा लगिएको उनीहरुको विश्वास छ । 

तर पछिल्लो समय अमेरिकाका केही सैन्य पाइलटले यूएफओ (उडिरहेको अज्ञात वस्तु) देखेको रिपोर्ट गरेका खबर आएका छन् । 

यूएफओ पहिचान नभएका आकासमा देखिएका वस्तुलाई भनिन्छ । धेरै भने ती एलियनको यान हुन सक्ने विश्वास गर्छन् । 

पछिल्लो समय यूफएओ देखिने घटना बढेपछि अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले आफ्ना सैन्य पाइलटलाई यूएफओमाथि निगरानी गर्न एउटा कार्यक्रम नै ल्याएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *