नाइकीको ४७ वर्ष पुरानो जुत्ता चार करोड ८३ लाखमा बिक्री !

 

साउन ९ ।  नाइकी जुत्ताको लागि विश्व विख्यात ब्रान्ड हो। यसका जुत्ताहरु निकै महँगा साथै टिकाउ हुने गर्दछन्। हालै नाइकीको एक पुरानो जुत्ता चार करोड ८३ लाख ८० हजार नेपाली पैसामा विक्रि भएको छ। 

नाइकीको सह–संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता न्युयोर्कको लिलाममा राखिएको थियो। 

null

यस जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो। तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरेका हुन्। त्यो जुत्ता लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने सय जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। 

बीबीसीका अनुसार बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन्। 

सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह–संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए। यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो। 

लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *