खैरहनीको १ वर्षे कार्य प्रगति सार्वजनिक

साउन ६, चितवन । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्य प्रगतिको विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले गरेका कामहरु सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो ।
null
गत वर्ष खैरहनीले ५.८५ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उनका अनुसार चालु खर्च तर्फ ८२.०५ प्रतिशत र पूँजीगत तर्फ ८९.६५ प्रतिशत खर्च भएको छ ।
समपुरक केही योजना वैशाख मात्रै प्राप्त हुनु, काम सम्पन्न भएको योजनाको भुक्तानी नहुनु, विटमिनका कारण केही सडक पिच हुन नसक्दा खर्च कम देखिएको खैरहनीका मेयर लालमणी चौधरीले बताए ।
वडागत १६ वटा योजना समेत गत आर्थिक वर्षमा सम्पन्न हुन सकेन । १६ वटा मध्ये ६ वटा वडा खैरहनी ११ कै सम्पन्न नभएका हुन् ।
पत्रकार भेटघाटमा मेयर चौधरीले चालु आर्थिक वर्ष २०७६/०७७ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल सञ्चालन गर्ने, आँखा अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाउने बताए ।
जनप्रतिनिधि निर्वाचित हुनु अघि १ करोड रुपैयाँ पनि आन्तरीक राजस्व संकलन नगरेको खैरहनीले २ वर्षको अवधिमा आन्तरीक राजस्व संकलनमा ठुलो फड्को मारेको मेयर चौधरीको भनाइ छ ।
गत आर्थिक वर्षमा खैरहनीले झन्डै साँढे १२ करोड रुपैयाँ आन्तरीक श्रोतबाट राजस्व संकलन गरेको छ । एक वर्षको अवधिमा न्यायिक समितिमा ५१ वटा मुद्या परेकोमा ४ वटा मुद्या फछ्यौट भएको न्यायिक समिति संयोजक समेत रहेकी खैरहनीकी उपमेयर सुनिता थपलियाले जानकारी दिइन् ।
पत्रकार भेटघाटमा स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेल, वडाध्यक्षहरु, शाखा प्रमुखहरुले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।








