मनसुन पुनः सक्रिय हुँदै

काठमाडौं, ४ साउन । केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेको तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद्का अनुसार यसकै प्रभावले अहिले काठमाडौं उपत्यकासहित कैलाली, डडेलधुरा, डोटी, नवलपरासी, चितवन, रामेछाप, ओखलढुङ्गा, धनकुटा लगायतका जिल्लामा मेघ गर्जनसहित पानी परिरहेको छ । यो क्रम अझै बढ्ने अनुमान छ ।शनिबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । यस्तै थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम रहेको ठाउँका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *