विष्णुनन्दा सिर्जनशील पत्रकारिता पुरस्कारबाट मकालु खबरकर्मी भरतराज सम्मानित

 

साउन ३, धरान । धरानमा ८ वर्ष अगाडि प्रकाशन शुरू गरिएको ‘प्रबोध’ साप्ताहिक पत्रिकाको वार्षिक सभामा ११ जना लाई सम्मान गरिएको छ । 

प्रबोध पत्रिका आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको अवसरमा पत्रकार ‘कृष्णसेन इच्छुक सांस्कृतिक बलिदान पुरस्कार’ रत्ननगर चितवनका लेखक खेम थपलिया र पत्रिकाका प्रधान सम्पादक प्रकाशक जमुना श्रेष्ठको बुबाआमाको नाममा स्थापना गरिएको विष्णु नन्दा सिर्जनशील पत्रकारिता पुरस्कार मकालु खबरकर्मी (भरतराज शर्मा) गोपाललाई प्रदान गरिएको छ । 

null

सम्मानित दुवैजनालाई नगद राशी ५ हजार रूपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो । दुवैजनालाई प्रमुख अतिथि प्रगतिशील साहित्यकार कुन्ता शर्मा, विशेष अतिथी नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का सहितका अतिथिहरूले सम्मान गरेका थिए । 

गोर्खा डिपार्टमेन्टको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुरयाउने व्यक्तित्वहरूलाई कदरपत्रसहित अविर खादा लगाएर सम्मान गरिएको थियो । 

अन्य सम्मानित हुनेहरूमा गणेश कुमारी राई, शंकर सुनुवार, मच्छिन्द्र तामाङ, अमृत लिम्बू, चन्द्र हलुवाइ, भीमादेवी राई, चित्रराज थापामगर, गजेन्द्र लम्जेल, दुर्गाबहादुर विक, प्रेमिका याक्खा छन् । 

पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशीलले आगामी वर्षदेखि पत्रकारको उपचारको लागि उपचार कोष समेत स्थापना गर्ने जनाए । 

कार्यक्रममा सांसद उमिता बराइली, नेकपाका नेता चोत्लुङ, नेकपाका चोत्लुङ, समाजवादीका ताजुप लिम्बू, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ जिल्ला अध्यक्ष सङ्गीता सुब्बा, व्यवसायी उद्धप्रसाद अधिकारी, प्रेमप्रसाद पराजुली, अधिकारकर्मी रमेश गजमेर, वैद्य समूहका पेमा, जनमोर्चाका बालकृष्ण शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =