यी ६ वर्षीय बालककाे अनाैठाे प्रतिभाले विश्वलाई चकित तुल्याए (भिडियोमा हेर्नुहोस्)

 

साउन ६ ।  बिश्वमा अनौठा प्रतिभाहरु भएका मानिसहरु छन् । धेरैले फरक फरक प्रतिभामा विश्व रेकर्ड राखेका छन् । 

यस्तै रुसका एक बालकले एक अनौठो प्रतिभा देखाएर बिश्व रेकर्ड बनाएका छन् । रुसका ती छ बर्षीय बालकले २ घण्टामै ३ हजार २७० पटक पुसअप गरेर विश्व रेकर्ड बनाएका हुन् । इब्राहिम लियानोभ नाम गरेका ती बालकलाई रसियन बुक अफ रेकर्डमा सामेल गरिएको छ । 

null

२ घण्टामै ३ हजार २७० पटक पुसअप गर्न सक्ने ती बालकलाई एक स्थानीय स्पोर्टस् क्लबले पनि किर्तिमानबाट खुसी भएर घर पुरस्कार दिने भएको छ । अहिले उक्त बालकले पुसअप गरेको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । धेरैले निकै रोमान्चक मान्दै उक्त भिडियो हेरेका छन् । यसअघि पनि रुसकै एक बालकले निरन्तर ४ हजार १०५ पटक पुसअप गरेर रेकर्ड कायम गरेका थिए । एजेन्सी 

 भिडियोमा हेर्नुहोस् 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *