मलाई बिचरा किन सबैले छोडेर गएको होला भन्ने भयो

काठमाडौं, २ साउन । छवि ओझाकी श्रीमती नायिका शिल्पा पोखरेलले अब छवि ओझासँग छुट्टिने बताएकी छन् । ‘सँगै बस्न सकिँदैन, मैले डिभोर्स फाइल गरिसकेँ,’ आजको शुक्रबार साप्ताहिकमा छापिएको नायिक पोखरेलको भनाईको सारसंक्षेपःप्रहरीकोमा उहाँले आफ्नो गल्ती स्वीकार्नु भयो । आइन्दा मार्ने धम्की दिन्न, कुटपिट गर्दिन, दुव्यवहार गर्दिन भनेर हस्ताक्षर गर्नुभएको छ । उहाँले हिर्काएर मेरो कानमा समस्या आएको छ । कानको जालीमा प्वाल परेको छ । मेरो कानमा हानिसकेपछि उहाँ (छवि) मेरो घाँटी थिच्न आउनुभयो । घाँटी थिच्न आउँदा बच्नलाई खुट्टाले हानेर भागेकी हुँ । 

घाँटी थिच्दा अब म मर्छु नै भन्ने लागिसकेको थियो । मर्छु भनेपछि आफैँ खुट्टा चल्दोरहेछ । विवाहपूर्व मलाई उहाँको यस्तो व्यवहारबारे खासै थाहा थिएन । उहाँले जहिले पनि रेखा दिदी मात्र नराम्रो हो भन्ने पार्नु भएको थियो । अफिसमै जान्थेँ, रेखा दिदीसँग भेट्टे अवसर नै जुरेन । जो अफिसमा आए पनि रेखा दिदीको मात्रै नराम्रो कुरा गर्नुहुन्थ्यो ।रेखा दिदी नै नराम्रो भन्ने पर्यो मलाई त्यतिबेला । अनि छविजीले कति दुःख पाउनु भएको होला भन्ने बनाउनु भयो मलाई । अनि मलाई बिचरा किन सबैले छोडेर गएको होला भन्ने भयो । माया लाग्दै गयो । तर, बिहे भएको दुई हप्तामै व्यवहार परिवर्तन भयो ।अहिले बल्ल मलाई थाहा भयो, रेखा दिदीलाई त एसिड नै हालिदिन्छु भन्नु भएको रहेछ पहिला । रेखा दिदीले केटाकेटी नै भएकाले डरले पुलिसको जान सकिँन भन्नुभयो । ‘दिदी तपाईंले नै बिगार्नु भएको रहेछ नि त, तपाईंले त्यतिबेला पुलिसको गाको भए यतिबेला यो दुःख आइपर्थेन’ भनेँ । अब अर्को केटीलाई यस्तो नपरोस् भनेर म प्रहरीकोमा गएकी हुँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *