खाली पेट जिरा पानी पिउनुका यस्ता छन् अद्भूत फाइदा

 

एजेन्सी । जिरा पानीमा निकै चमत्कारिक गुण हुन्छ । यसले तौल त कम गर्छ नै यो स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । यो पानी बनाउन पनि निकै सजिलो छ । एक गिलास पानीमा दुई चम्चा जिरा राखेर त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्, त्यसपछि आँचबाट निकालेर यसलाई चिसो पार्नुहोस् । तौल कम गर्न धेरैलाई जिममा जान मन पर्दैन । यस्ता मानिसहरुका लागि सबैभन्दा प्रभावकारी उपाय जिरा पानी नै हो । 

जिरा पानीले स्वास्थ्यमा पुर्याउने असरबारे यहाँ जानकारी लिऔंः 

null

पाचनतन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छः 

जिराको पानीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ र यो पाचन क्रियाका लागि पनि निकै लाभदायक हुन्छ । यसले पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाहेक यसले झाडा बान्ता, मर्निङ सिकनेस, ग्यास र कब्जियतबाट राहत दिन्छ । जिराको पानीले शरीरमा इन्जाइम बनाउँछ जुन कार्बोहाइड्रेट, फ्याट र ग्लुकोजलाई तोडेर पाचनक्रियामा सहयोग पुर्याउँछ । 

एन्टिअक्सिडेन्टले भरपुरः 

जिरामा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरमा जम्मा भइरहेको विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यसले शरीरको आन्तरिक अंगलाई उत्कृष्ट तरिकाले काम गर्न उत्प्रेरणा दिन्छ । थोरै जिरालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र भोलिपल्ट खाली पेटमा पिउँदा कलेजामा बाइल प्रोडक्सन बढ्ने गर्छ जसले तपाईंलाई एसिडिटी र ग्यासबाट राहत दिने काम गर्छ । बाइल एउटा यस्तो तरल पदार्थ हो जुन कलेजले निष्कासन गर्छ । यसले बोसोलाई पचाउने काम गर्छ । 

रोग प्रतिरोधी क्षमतामा वृद्धिः 

जिराको पानी आइरनको राम्रो स्रोत हो । आइरन भएपछि नै रोग प्रतिरोधी क्षमताले राम्रोसँग काम गर्छ । यतिमात्र होइन, जिरा पानीमा भरपुर मात्रामा भिटामिन ए र भिटामिन सी हुन्छ र यी तत्वमा नै एन्टिअक्सिडेन्ट गुण हुन्छ । जिरा पानीलाई दैनिक पिउँदा रोग प्रतिरोधी क्षमताको स्तरमा वृद्धि हुन्छ र तपाईंलाई रोगले कमै छुन्छ । यहाँ महत्वपूर्ण कुरा के छ भने यसले तौल बढ्न दिँदैन । 

मिठो निद्राका लागिः 

मोटोपनका कारण राम्रोसँग निद्रा लाग्दैन । यदि तपाईंलाई निद्रा लाग्दैन भने जिराको पानीले तपाईंलाई सहयोग गर्नेछ । जिरा पानी दैनिक पिउँदा तपाईंलाई राम्रोसँग निद्रा लाग्छ । 

शरीरको सफाइः 

जिरा पानीमा फाइबर पनि पाइन्छ जसले शरीरको टक्सिन वा अनावश्यक बस्तु बाहिर निकाल्नमा सहयोगी भूमिका निभाउँछ । जिराको पानीले शरीरको आन्तरिक सफाई हुन्छ । यसले तपाईंको शरीरलाई हाइड्रेट राख्छ जसका कारण तपाईं फ्रेश महसुस गर्नुहुन्छ । यसले तपाईंको तौललाई पनि कम गराउँछ । 

त्यसो भए के तपाईं जिरा पानी पिउन तयार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आफ्नो आहारमा कुनै पनि परिवर्तन गर्नुअघि डाक्टरको सल्लाह पक्कै लिनुहोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *