अजिथ कुमार तथा बोनी कपुरबीच सम्झौता

एजेन्सी । अमिताभ बच्चन तथा तप्सी पन्नु स्टारर ‘फींक’को तमिल रिमेकमा एकसाथ काम गरेका अभिनेता अजिथ कुमार तथा निर्माता बोनी कपुरले पुनः नयाँ सिनेमाका लागि सम्झौता गरेका छन् । ‘पिकं’ तथा एक नाम नराखीएको सिनेमा पछि दुबैले तेश्रो सिनेमाका लागि सम्झौता गरेका हुन् । 

 

यी ३ सिनेमाका लागि बोनीले अजिथसँग सय करोड भारू पारिश्रमिकमा सम्झौता गरेका छन् । तेश्रो सिनेमा एक्सन सिनेमा हुने बताइएको छ । तेश्रो सिनेमाको बारेमा विस्तृत जानकारी सार्वजनिक णभएपनि सिनेमालाई संसारका उत्कृष्ट लोकसनमा खिचिनेछ । 

null

सिनेमामा अजिथले एक ‘रेसर’को भूमिकामा अभिनय गर्ने बताइएको छ । अजिथले बोनीसँग बोनीकी दिवंगत पत्नी श्रीदेवीसँग गरेको वाचा पूरा गर्न काम गरेका हुन् । अजिथले श्रीदेवी स्टारर ‘ईङ्लिस भिङ्लिस’ सिनेमामा अतिथि भूमिकामा काम गरेका थिए । अजिथको सिनेमा बोनीले निर्माण गरून भन्ने श्रीदेवीको चाहाना थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *