‘कहीँ जानु पर्दैन शिल्पा जी, मेरो अदालतमा आउनुस्, न्याय पाउनुहुनेछ’

 

असार ३१, काठमाडौं । केही समययता निर्माता छविराज ओझा र अभिनेत्री एवम् मोडेल शिल्पा पोखरेलबीचको सम्बन्ध चिसिएको छ । 

शिल्पाले छविले कानको जाली फुट्ने गरी पिटेको, मार्छु भनेर धम्की दिएको तथा आफूमाथि घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुको चिसिएको सम्बन्ध बाहिर छताछुल्ल भएको हो । 

null

प्रहरी हिरासतमा आफुले सुरक्षा पाउने सहमति भएपछि केही हदसम्म ढुक्क भएकी शिल्पाले छविसँग डिभोर्सका लागि अदालतमा फाइल गरिसकेकी छिन् । उनी अब छविसँग बस्न नसक्ने निर्णयमा पुगिसकेकी छिन् । 

यता छवि भने अझै पनि आफू शिल्पालाई स्वीकार्न तयार भएको बताउँछन् । शिल्पाले आफूमाथि जथाभावी आरोप लगाएको उनको दाबी छ । उनले शिल्पालाई घर फर्कन आग्रह समेत गरेका छन् । 

 

छविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘शिल्पा जी, मैँले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईंसँग चाहीँ जिन्दगी बिताउन सक्छु होला भनेर सबथोक कम्प्रमाइज गरेर माया गरेर तपाईंसँग विवाह गरेको हुँ । छातिमा हात राखेर आज एकछिनलाई आफैँलाई नढाँटी सम्झनुस् तपाईंले लगाएका कति आरोपहरु सत्य छन् ?’ 

निर्माता छविले यदी शिल्पाले आफूलाई सच्याएर उनको श्रीमती, बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै बुढेसकालको सहारा बनेर बस्न सक्ने भए आफू पनि आफ्नो कमि कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्ने बताए । 

‘अरुको कुरा नसुन्नुस्, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाईँ साँच्चै मसँग बस्न सक्नुहुन्न भने पनि एक पटक मसँगै आएर टेबलमा कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस् । आजसम्म मैँले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । तपाईँलाई पनि पार्दिन । मैँले बिगत ३ दिन देखि तपाईँलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईँले अब मेरो वकिलले भेट्छ भन्नुभयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईँले न्याय पाउनुहुन्छ’, उनले फेसबुकमा लेखेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *