संगितकार काली प्रसादमाथी चोरीको आरोप

 

श्रवण १, काठमाडौँ । केहि महिनाअघि मात्र ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप लागेका लोकप्रिय संगितकार कालीप्रसाद बास्कोटालाई पुनः चोरीको आरोप लागेको छ । 

एक साताअघि मात्र सार्वजनिक गरिएको बासकोटाको शब्द संगीतमा तयार पारिएको ‘समाचार’ बोलको गीत बिक्की महतले आफ्नो गीतको संगितसँग मिलेको भन्दै उनलाई संगित चोरीको आरोप लगाएकाे हाे । 

null

१० महिना अगाडी मात्रै आफूले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेकाे ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ‘समाचार’ बोलको गीतको संगीसँग ठयाक्कै मिलेको भन्दै महतले महानरीय प्रहरी परिसर, टेकुमा बास्कोटाले आफ्नो गीतको संगित चोरी गरेको भनेर उजुरी समेत दर्ता गराएका छन् । 

तर बास्कोटा भने संगीत मिलेको अस्वीकार गरिरहेका छन् । बास्कोटाले भने ‘गीत मिलेको छ भनेर मलाई एक दुई जनाले म्यासेज गर्नुभएको थियो तर, यसबारे मलाई केही जानकारी छैन । उहाँ मसँग कुरा गर्न आउनु भएको पनि छैन ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *