रानी मुखर्जी र आदित्य चोपडाले छोरीकाे लागि छाेडे पुरानाे घर

  

 

असार २९, भारत ।  आदित्य चोपडा र रानी मुखर्जीले जुहुस्थित यश चोपडाको बंगला छोड्ने निर्णय गरेका छन् । उनीहरु आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन् । यो जोडीले आफ्नो पुरानो घर नजिकै विलासी घर खरिद गरेका छन् । 

null

उनीहरुले छोरीको उचित लालनपालन र आफू अनुसार जीवनयापनका लागि नयाँ घर किनेको बताइएको छ । 

आदित्य आफूले भनेजसरी डिजाइन गर्न चाहन्छन् घरः 

भारतीय मिडियाका अनुसार उक्त पैतृक घरमा दुई भाइको वाल्यकाल बितेको छ । आदित्य–रानी लामो समयदेखि छुट्टिने योजनामा थिए । आदित्य आफ्नो तरिकाले घर डिजाइन गर्न चाहन्थे । यस्तै दुबैले आफ्नै तरिकाले छोरीलाई हुर्काउन चाहन्छन् । यसै कारण उनीहरुले छुट्टै घर लिएका छन् । 

नयाँ घर यश चोपडाको बंगला नजिकै छ त्यसकारण चाहेको समयमा आमा पामेला चोपडालाई तत्काल भेट्न जान सक्छन् । यश चोपडाको बंगलामा आदित्य, श्रीमती रानी, छोरी आदिरा, आमा र भाइ उदय चोपडासँगै बस्दथे । 

रिपोर्टलाई मान्ने हो भने आदित्य–रानीले नयाँ घरको उद्घाटन पनि गरिसकेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *