टिकटकमा घृणा फैलाएको आरोपमा भारतीय नायक पक्राउ

 

साउन ३, भारत ।  विवादित नायक एवं बिग बसका पूर्व प्रतियोगी एजाज खानलाई मुम्बई पुलिसले बुधबार पक्राउ गरेको छ । एजाजले एउटा टिकटक भिडियो बनाएका थिए जुन कथित रुपमा साम्प्रदायिक छ । भिडियोमा तबरेज अंसारीको मृत्युपछि एक समुदायलाई धम्काइएको छ । 

एजाज खानले भिडियोमा एक समुदायविरुद्ध बोलिरहेका थिए । यति मात्र होइन एजाजले भिडियोमा हिंसा भड्काउने धम्की पनि दिएका थिए । टिकटक भिडियोमा एजाज खानले एक बलिउड डायलग बोलेर मुम्बई पुलिसको खिल्ली उडाइरहेका छन् । 

null

मुम्बई पुलिसले केही टिकटक सेलब्रिटीविरुद्ध एफआईआर दर्ता गरेका थिए । तबरेज अंसारीको कुटीकुटी हत्या गरिएपछि केही टिकटक सेलिब्रिटीले ग्रुप बनाएर विवादित भिडियो पोष्ट गरेका थिए । एजाज खानले यो भिडियोलाई समर्थन गरेका थिए । 

 

ड्रग्स मामलामा भइसकेका छन् पक्राउः 

एजाज खान यसअघि लागुऔषध राखेको मामलामा पनि पक्राउ भइसकेका छन् । एजाज खानबाट ८ प्रतिबन्धित लागुऔषधका चक्की भेटिएको थियो । नारकोटिक्स विभागले उनलाई नशाको स्थितीमा पक्राउ गरेको थियो । 

यस्तै, सन् २०१६ मा एक ब्यूटिसियनलाई अश्लील तस्बिर पठाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *