कंगनाकाे ‘जज मेन्टल हे क्या’काे ट्रेलर सार्वजनिक ( यस्ताे छ ट्रेलर)

 

असार १८, भारत ।  बलिउड अभिनेत्री कंगना रनावत र राजकुमार रावको ‘जज मेन्टल हे क्या’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जिज्ञासा, कन्फ्युज, थ्रिलर र रोमान्स देखिइएको छ । ट्रेलर हेर्नुस् : 

फिल्ममा कंगना र राजकुमारको टक्कर देखिएको छ । फिल्ममा कसैको मर्डर हुन्छ । त्यसको दोष कंगना र राजकुमार दुवैलाई जान्छ । उनीहरुले एक अर्कालाई आरोप लगाउछन् । प्रकाश कोभेलामुडीले निर्देशन गरेको फिल्ममा कंगना र राजकुमारसँगै जिमी शेरेगल र अमायरा दस्तुरको पनि अभिनय रहेको छ । यो फिल्मको कहानी कनिका ढिल्लोले लेखेकी हुन् । फिल्ममा शोभा कपूर, एकता कपूर र शैलेष आर सिंहको लगानी रहेको छ । 

null

यो फिल्मको नाम पहिला ‘मेन्टल हे क्या’ मात्र राखिएको थियो । फिल्मको पोस्टर सार्वजनिक भएसँगै साइक्याट्रिस सोसाइटीले फिल्मको नाम प्रति आपत्ति जनाएका थिए । फिल्मको नामलाई लिएर विवाद आएपछि परिवर्तन गरेर ‘जज मेन्टल हे क्या’ राखिएको हो । यो फिल्म २६ जुलाई देखि रिलिज हुँदैछ । एजेन्सी 

ट्रेलर हेर्नुहाेस् 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *