गर्मीमा फिट रहन अपनाउनुस यस्ता उपाय

एजेन्सी । गर्मीमा फिट रहनु आफैमा चुनौतीपूर्ण हुन्छ । तर, केही बानीमा फेरबदल गरेर आफूलाई फिटनेस राख्न सकिन्छ । जानकारहरूले फिटनेस राख्ने यी उपाय बताएका छन् । 

बिहान सबेरै उठौं गर्मीमा सबेरै उठेर शारीरिक अभ्यास गर्ने हो भने फिट रहन सकिन्छ । यो मौसममा बिहान ८–९ बजेपछि तापक्रम बढ्न थाल्छ । त्यसकारण बिहानै शारीरिक अभ्यास गर्नुपर्छ । 

 

null

चाडै सुतौं स्वास्थ्यका लागि बिहानै उठ्नु लाभदायक मानिन्छ । बिहान चाडै उठ्नका लागि राती चाडै सुत्नुपर्छ । नियमित शारीरिक अभ्यास गर्ने मानिसलाई कम्तिमा ७–८ घन्टा निद्रा आवश्यक हुन्छ । 

पर्याप्त पानी पिऔं गर्मीमा शारीरिक अभ्यास गर्दा काफी मात्रामा पसिना निस्कन्छ । त्यसकारण शारीरिक अभ्यास गर्दा पर्याप्त मात्रामा पानी पिउनुपर्छ । तर, केही समय रोकेर । 

ड्राई फिट लगाऔं अधिकांश मानिस जिममा जाँदा कसिलो लुगा लगाउने गर्छन् । तर, गर्मीमा खुकुलो र ड्राई फिट कपडा लगाउनु आवश्यक हुन्छ । शरीरमा कपडा टाँसिँदा गर्मी हुन्छ । साथै, पसिना सजिलै सुकाउन पनि ड्राई फिट कपडा लगाउनु उपयुक्त हुन्छ । 

तुरुन्तै ननुहाऔं गर्मीमा कतिपय मानिस शारीरिक अभ्यास गरेलगत्तै नुहाउँछन् । तर, यो स्वास्थ्यका लागि हितकर हुँदैन । किनकि शारीरिक अभ्यास गर्दा शरीरको तापक्रम बढेको हुन्छ । त्यसकारण १ घन्टापछि नुहाउनु उपयुक्त हुने जानकार बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *