बलिउड अक्षयले किन प्रियंकाको कारण ट्विंकलकाे थप्पड खाए ?

 

साउन १२, भारत ।  बलिउड अभिनेता अक्षय कुमारले फिल्ममा गरेका फरक–फरक अभिनयका कारण लोकप्रिय कलाकार हुन् । उनी फिल्ममा निभाएका भूमिकाले मात्रै होइन विभिन्न समयमा विभिन्न अभिनेत्रीसँग चलेको प्रेमको हल्लाले पनि उनी निकै चर्चामा आएका थिए । 

उनले ट्विंकल खन्नासँग बिहे गरे । बिहे पछि पनि उनको केहि अभिनेत्रीसँग नाम जोडियो । यसैक्रममा अक्षय र प्रियंकाको अफेयर फिल्मको शुटिङमा सुरु भएको भन्ने समाचारले धेरैलाई आश्चर्यमा पारेको थियो । 

null

सन् २००३ मा अक्षय र प्रियंका सँगसँगै फिल्म ‘अन्दाज’ मा काम गरिरहेका थिए । प्रियंकाले अक्षयलाई फिल्ममा आउनुभन्दा अघि नै मन पराउँथिन् । त्यसपछि फिल्ममा आएपछि उनी अक्षयसँग नजिकिन थालिन् । उनीहरुको ‘अनस्क्रिन’ मा मात्र होइन ‘अफस्क्रिन’ मा पनि रोमान्स गर्न थाले । बलिउडमा नयाँ प्रियंका र अक्षयको जोडी अभिनित फिल्मलाई धेरैले अत्यधिक रुचाए । 

विस्तारै–विस्तारै दुवैको अफेयरको हल्ला मिडियामा पनि छाउन थाल्यो । उनीहरुको अफेयरको हल्ला ट्विंलसम्म पनि पुगेपछि उनी अक्षय भएको ठाउँमा नै आइन् । गोवामा प्रियंकासँग अर्को फिल्म ‘मुझसे शादी करोगी’ को शुटिङमा थिए । सेटमा नै ट्विंकल र अक्षयवीच झगडा सुरु भयो र उनले अक्षयलाई थप्पड लगाइन् । 

र, त्यसपछि अक्षयले उनलाई लिएर त्यहाँबाट गए । भविष्यमा प्रियंकासँग कुने पनि फिल्म नखेल्ने निधो गरे । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *