भूवन भिलेन अनमोल हिरो

 

असार ३०, असोज । आफ्नै होम प्रोडक्शनबाट तयार हुन लागेको चलचित्रमा नायक भुवन के.सी. नयाँ भूमिका र नयाँ गेटअपमा देखा पर्ने भएकाे छ ।  

सधैं जसाे लामो जुंगामा देखिन्दै आईरहेका भूवन आइतबार बेलुकी काठमाण्डौमा आयोजना भएको चलचित्र ‘मिस्टर नेपाली’को इन्डक्ल्याप कार्यक्रममा हल्का सेतो दाह्रीजुंगामा अलि अनाैठाे रूपमा देखिएपछी उनले यस गेटअपको राज खुलाएका हुन् । 

null

उनले भने, ‘मलाई यो गेटअप सार्वजनिक गर्ने मन थिएन । आज कार्यक्रममा आउनु परेर हो । मेरो यो गेटअप अझैं पुरा भएको छैन ।’ 

आफ्नै होम प्रोडक्शनबाट तयार हुन लागेको यस चलचित्रमा आफू पूर्णरुपमा भिलेन र अनमोल के.सी. नायकको रुपमा देखा पर्ने समेत बताएका छन् । 

 

मेरो हजुर ३ सुपरहिट भएपछी केही समयका लागि चलचित्र दुनियाबाट रेष्ट लिएका नायक अनमोल अब आफ्नै होम प्रोडक्शनबाट निर्माण हुन लागेको  चलचित्रमा व्यस्त हुने भएका छन् । 

अब बन्न लागेको यस चलचित्रलाई एफडी कम्पनीले वितरण गर्ने पनि पक्का भैसकेको छ । भूवनले एफडीसँग वितरणको बिषयमा आइतबार नै संझौता समेत गरेका भएको छ । 

उनको र अनमोलको मुख्य भूमिका रहने यस चलचित्रको छायांकन दशैं पछि गरिने बताईएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *