यी टेली नायिकाले ओठको सर्जरी गरेपछी किन ट्रोलको शिकार बनिन्

 

साउन ६। फिल्म क्षेत्रका धेरै अभिनेत्रीहरुले आफु सुन्दर देखिन अनेक उपाय सोच्ने गर्छन् । कसरी सुन्दर देखिन सकिन्छ भन्दै अभिनेत्रीहरुले अनेक हर्कत गर्ने गर्छन् । 

सबैको सामु हट देखिन र फिल्म क्षेत्रमा आफुलाई टिकाई राख्न सर्जरी गरेरै भएपनि सुन्दर बन्न खोज्छन् । आफुलाई राम्रो देखाउन अहिलेसम्म धेरै अभिनेत्रीहरुले सर्जरी गरेका छन् । भारतिय मिडियाका अनुसार आफुलाई सुन्दर देखाउन बलिउड अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडाले पनि ओठको सर्जरी गरेका थिए । 

null

त्यस्तै आफूलाई हट देखाउन अर्कि एक अभिनेत्री सारा खानले पनि ओठको सर्जरी गरेकी छिन् । उनले ओठको सर्जरी गरे लगत्तै उनी ट्रोलको शिकार बनेकी छन् । सारा टिभी अभिनेत्री मात्र नभएर टिभी होस्ट पनि रहेकी ती अभिनेत्रीले फिल्महरुमा पनि काम गरेकी छिन् । उनले आफ्नो ओठको सर्जरी गरेपछी सामाजिक संजालमा शेयर गरेकी थिइन् । उनले ओठको सर्जरी गरेपछी राखेको फोटो हेरेपछी उनका प्रशंसकले उनलाई फ्यानबाट पाएको माया फिर्ता दिन खोजेको भन्दै ट्रोल गरेका छन् । त्यसैगरी अहिलेसम्म धेरै अभिनेत्रीले आफु सुन्दर देखिन ओठको सर्जरी पनि गरेका छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *