चीनमा पाईने याे दुर्लभ कालाे स्याउ जसकाे मूल्य अत्याधिक मंहगाे

 

असार ३१ ।  तपाईले रातो, पहेँलो र हरियो स्याउ त देख्नु भएको होला । तर के तपाईले कहिल्यै कालो स्याउ देख्नु भएको छ । कहिलै नदेखेको कालो स्याउ देख्दा पक्कै नै चकित परिन्छ । 

हाम्रो देशमा मात्र रातो, पहेँलो र हरियो स्याउ मात्र फल्छ । तर यस्तो कालो रंगको स्याउ चीनको तिब्बतमा फलेको छ । यो स्याउ निकै दुर्लभ मानिएको छ । चिनिया समाचारमा जनाइए अनुसार यो कालो स्याउ तिब्बतका पहाडी क्षेत्रमा फलाइन्छ । 

null

यो स्याउ ब्लाक डायमान्ड जातको निकै दुर्लभ स्याउ हो । यो स्याउको रङ गाढा बैजनी र झ्वाट्ट हेर्दा कालो देखिने हुन्छ । यो स्याउ निकै अनौठो पनि छ । अहिले सामाजिक संजालमा यो अनौठो रंगको स्याउको तस्विरहरु भाइरल बनिरहेको छ । 

त्यहाँको भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती गरिँन्छ ।यो स्याउ अहिले निकै महंगो मूल्यमा बिक्रि भइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *