सलमान खानले रोजे ‘दवँग–३’का लागि नयाँ नायिका

एजेन्सी । बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘दवँग–३’का लागि नयाँ नायिका रोजेका छन् । यो फिल्ममा सोनाक्षी सिन्हा नायिका छिन् । सलमानको चरित्र चुलबुल पाण्डेको यो फिल्ममा युवा अवस्था र वयस्क अवस्था प्रस्तुत गरिँदैछ । 

 

वयस्क सलमानको पत्नीको भूमिकामा सोनाक्षी सिन्हा हुनेछिन् । युवा सलमानको नायिकाको रूपमा यो फिल्मका लागि नव अभिनेत्री अश्वामी माञ्जरेकर चयन भएकी छन् । नव अभिनेत्री अश्वामी निर्माता निर्देशक महेश माञ्जरेकारकी छोरी हुन् । 

null

अश्वामी केही समयदेखि नायिका बन्नको लागि विभिन्न तयारी गर्दै छन् । तयारीकै क्रममा सलमानले उनलाई दवँग ३ का लागि चयन गरेको समाचार छ । अहिले फिल्म दवँग ३ को छायांकन जारी छ । यो फिल्मलाई सलमानले आगामी डिसेम्बरमा रिलिज गर्दै छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *