तालु खुइलिने समस्याबाट यसरी छुट्कारा पाउनुस्

 

श्रावण २। तालु खुइलिने अर्थात तालुको रौँ झर्ने समस्या युवाहरुमा पनि देखिन थाएको छ। उमेरको परिपक्कताको चिन्ह मानिने, तालुको रौँ झर्नु आजभोलि जोकोहीमा देखिन सक्ने समस्या बनेको छ। 

डिहाइड्रेसन हर्मोनको सन्तुलन विग्रनाले तालुको रौँ झर्ने गर्दछ। साथै खानपान तथा तनावको कारणले पनि अगाडिको रौ झर्ने हुन्छ । यस्तो समस्याको समाधानका लागी केहि घरेलु उपचार पनि छ। यदि घरेलु उपचार विधिले काम गरेन भने हेयर एक्सपर्टको सल्लाह लिनुपर्दछ। जान्नुहोस्, कपाल झर्न नदिने १० घरेलु यस्ता छन्। 

null

नरिवलको दुध र अमला- नियमित रुपमा १ चम्चा काचो नरिवलको दुध, १ चम्चा अमलाको रस र कागती मिसाएर ५ मिनेट जति तालुमा मसाज गर्नुस् । मसाज गरेको २० मिनेट पछि कपाल धुनुस् । यसले रौँलाई पोषण दिन्छ र कपाल झर्नबाट रोक्दछ। 

मेथि र नरिवलको तेल- २ चम्चा नरिवलको तेलमा १ चम्मा मेथीको लेदो मिसाएर हल्का आगोमा तताउनुस् । सेलाएपछि कपालको जरामा १० मिनेट, मसाज गरेर २० मिनेट पछि धुनाले कपाल झर्ने कम हुन्छ । यो विधि हप्तामा २- ३ पटकसम्म गर्नुपर्दछ। 

मेहेन्दीको पात-८ /१० वटा मेहेन्दीको पातलाई ३ चम्मा तोरिको तेलमा उमालेर कपालमा कपालमा लगाउनुस्। यसले रौ झर्न दिदैन र रौ उमार्नमा मद्दत गर्दछ । यो विधि हप्तामा २-३ पटकसम्म गर्नुस्। 

दहि र बेसन- २ देखि ४ चम्चा दहिमा बेसनको पाउडर मिसाएर कपालमा लगाउनुस् । ३० मिनेट पछि कपाल धुनुस् । दिनमा २ पटक यसो गर्नाले रौ झर्न चाडै कम हुन्छ। 

मह र ओलीभ तेल– २ चम्चा महमा ३ चम्चा जैतुनको तेल मिसाएर लगाई ३० पछि कपाल धुनुस् । हप्तामा २- ३ पटक यो विधि अपनाउनुनाले कपाल झर्न कम हुदै जान्छ। प्याजको रस र मह- एक एक चम्चा मह र प्याजको रस मिसाएर नियमित तालुको मसाज गर्नाले कपाल झर्ने समस्याबाट बच्न सकिन्छ। 

अण्डा र ओलीभ तेल –हप्तामा २ /३ पटक अण्डा र ओलिभ तेल लगाउनाले कपाल झर्न रोक्छ। एउटा अण्डामा २- ३ चमच ओलीभ तेल मिसाएर ३० मिनेट जति कपालमा लगाउनुस्। त्यसपछि स्याम्पुले कपाल धुनुस्। अण्डा र कागती –अण्डामा कागती मिसाएर लगाउनाले पनि कपाल झर्नबाट रोकी नयाँ कपाल उमार्नमा सहयोग गर्दछ। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *