दिपिकाकाे बराबरीमा आईन् कट्रिना

  

 

जेठ २८, भारत ।  कट्रिना कैफको फिल्म भारतले बक्स अफिसमा चार दिनभित्र १ सय २२ करोडभन्दा बढी कलेक्सन गरेको छ । भारतले सय करोड क्लबमा समावेश हुनका लागि कट्रिना कैफले दीपिका पादुकोणको रेकर्डको बराबरी गरेकी छिन् । 

null

भारत कट्रिना कैफको सातौं सय करोड क्लबको फिल्म हो । यसअघि कट्रिनाको फिल्म – एक था टाइगर, जब तक हे जान, धुम थ्री, ब्याङ्ग ब्याङ्ग, टाइगर जिन्दा हे, ठग्स अफ हिन्दोस्तान सय करोड क्लबमा समावेश भइसकेको छ । यीमध्ये ठग्स अफ हिन्दोस्तान छोडेर सबै फिल्म हिट रहे । 

दीपिका पादुकोणको रेकर्डको कुरा गर्ने हो भने उनका अन्य फिल्म पद्मावत, चेन्नई एक्सप्रेस, रेस टु, ए जवानी हे दिवानी, बाजिराव मस्तानी, रामलीला र ह्याप्पी न्यू इयरले सय करोडभन्दा बढी कमाई गरिसकेको छ । यीमध्ये सबै फिल्म हिट रहे । एजेन्सी 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *