शाहरुखका छोरा आर्यनले हलिउडकाे यस फिल्मबाट ईन्ट्री गर्दैछन्

 

असार ३ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राख्ने भएका  छन् । 

बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा । 

null

वास्तवमा, आर्यन खानले आफ्ना बुवा शाहरुख खानसँग अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिँदैछन् । फिल्मका मुख्य भूमिका सिम्बालाई आर्यन र सिम्बाका पिता मुसाफालाई शाहरुख खानले आफ्नो आवाज दिनेछन् । पछिल्ला थुप्रै दिनदेखि शाहरुख र आर्यन यो फिल्मको डबिङमा जुटेका थिए । 

अन्तरराष्ट्रिय फादर्स डे र इन्डिया पाकिस्तानको म्याचको मौकामा सिम्बा–मुफासा (पिता–पुत्र) को नामको निलो टिसर्ट लगाएर शाहरुख र आर्यनले टिम इन्डियालाई बधाई दिँदै फादर्स डेको पनि शुभकामना दिए । 

फिल्म ‘द लायन किंग’ पहिलो पटक सन् १९९४ मा रिलिज भएको थियो । यो फिल्म रिलिज भएको २५ वर्ष पुरा हुँदा डिज्नी च्यानलले यसै कहानीलाई अब नयाँ प्रविधीमार्फत् बनाइएको एनिमेशन फिल्मको रुपमा पुनः रिलिज गर्ने निर्णय गर्यो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *