यी ७ कुरा जीवनमा सँधै गोप्य राख्नुस्

 

एजेन्सी । पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई सेयर नगर्नु नै राम्रो हुन्छ । हामीले यहा जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरुको बारेमा चर्चा गरेका छौं । 

१. रातिक्रिडा 

null

जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । तपाईंले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नुपर्ने हुन सक्छ । 

२. घर परिवारको झगडा 

परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् । 

३. धन हानी 

जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्न हुँदैन् । मानिसहरुले तपाईंको धन हानी हुँदा तपाईंसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाईंबाट टाढिने समेत खतरा समेत हुन्छ । 

४. दान 

जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नुहुँदैन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन । 

५. मन्त्र 

गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नुहुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ । 

६. अपमान 

आफू अपमानित भएको कुरा कसैलाई भन्नुहुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाईंको मजाक बनाएर खिल्ली उडाउन सक्छन् । 

७. पद–प्रतिष्ठा 

पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता कायम गर्नुस् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *