हङकङमा प्रहरी र प्रदर्शनकारीबीच चर्काचर्की, रोकियो सुपुर्दगी विधेयकमाथिको छलफल

 

जेठ ३१, काठमाडौं । हङकङमा सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन चर्किएपछि विधेयकमाथिको छलफल रोकिएको छ । 

उक्त प्रस्तावित नयाँ कानुनको विरोधमा सडकमा प्रहरी र प्रदर्शनकारीबीच चर्काचर्की भएपछि छलफल रोकिएको हो । 

null

प्रदर्शनकारीहरुले बिहीबार त्यहाँको संसद घेराउ गर्ने प्रयास गरेका थिए । उनीहरुलाई रोक्नका लागि प्रहरीले उनीहरुमाथि लाठीचार्ज, अश्रुग्यास र रबरको गोली समेत प्रहार गरेको थियो । झडपका क्रममा ७९ जना घाइते भएका छन् । उनीहरु उपचारपछि घर फर्किसकेका छन् । 

 

प्रहरी र प्रदर्शनकारीबीच चर्काचर्कीपछि विधेयकमाथिको छलफल रोकिएको छ । सरकारी प्रमुख कार्यलय नजिकैको भूमिगत रेलको एडमिराल्टी स्टेसन बिहीबार नै खुलाइसकिएकोे छ भने आन्दोलनको क्रम भएको फोहर आन्दोलनकारीहरुले नै सफा गरेका छन्। 

आन्दोलनकारीले उक्त प्रस्तावित सुपुर्दगी विधेयक खारेज हुनुपर्ने, चीनमा सुपुर्दगी गर्न नहुने र प्रमुख कार्यकारीले राजीनामा दिनुपर्ने माग राखेका छन् । यसबारे सरकारको तर्फबाट कुनै सुनुवाई भएको छैन । 

 

सुपुर्दगीसम्बन्धी प्रस्तावित कानुनको प्रावधानअनुसार हङकङमा अपराध तथा बलात्कारमा आरोपीलाई चीन, ताइवान र मकाउका अधिकारीले सुपुर्दगीका लागि आग्रह गर्न सक्छन् । तर सुपुर्दगी गर्नेरनगर्ने घटनाको प्रकृतिका आधारमा निर्णय लिइने जनाइएको छ । 

 

हङकङका १९ वर्षीय युवाले गर्भवती प्रेमिकाको ताइवानमा हत्या गरी देश फर्केपछि सुपुर्दगी कानुनबारे बहस सुरु भएको हो । ताइवानी अधिकारीले ती युवकलाई सुम्पन हङकङसँग आग्रह गरे पनि कानुनी जटिलता देखिएको थियो । सन् १९९७ मा बेलायतबाट स्वतन्त्र भएयाता हङकङ ‘एक देश दुई व्यवस्था’ अन्तर्गत अर्ध–शासित छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =