बुद्धी तामाङ फुलन्देकी आमाको बुढेशकालको लौरी बन्दै

 

जेठ ३०, काठमाडौँ । कमिडियन कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र बुद्धी तामाङ ‘हैट’ द्वारा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

‘बुढेशकालको लौरी’ बोल रहेको यस म्यूजिक भिडियोलाई भिडियो फुलेन्देको आमा च्यानलबाट नै सार्वजनिक गरिएको हो । 

null

यस गितमा स्वर गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको छ भने संगित दीपक शर्माले दिएका छन् । युवराज वाईवा द्वारा निर्देशित यस म्युजिक भिडियोमा बुद्धि तामाङ ‘हैट’ले ‘फुलन्देकी आमा’लाई फकाउँदै नृत्य गरि रहेको देखाईएको छ । 

सार्वजनिक गरिएकाे यस म्युजिक भिडियोमा यी दुई कलाकारलाई नचाउनुको साथै अन्य सहायक नृत्य कलाकारलाई समेत नचाईएको छ । 

विकाश दाहालले सम्पादन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *