अचम्मकाे रूख जसकाे सम्पर्कमा मानिसकाे मृत्यु हुने

 

असार ९। प्रकृतिको हरियाली सबैलाई प्यारो लाग्छ। अझ गर्मीमा हरियो रुखको छहारीमा बस्न कसलाई मन लाग्दैन र ? तर केही रुख यति खतरनाक हुन्छन्, जसको छेउछाउमा पुग्नु पनि मानिसका लागि मृत्युको कारण बन्न सक्छ । 

सामान्य रुख झै देखिने ‘सरबेरा ओडोलम’ ज्यानमारा रुख मानिन्छ । हेर्दा सुन्दर लाग्ने यो रुखले मानिसलाई स्वाभाविक रुपमा आकर्षित गर्छ तर यो रुख यति खतरनाक हुन्छ कि, यसको सम्पर्कमा पुग्ने मानिसको ज्यान जोखिममा पर्दछ । 

null

यो रुखकै कारण प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको बताइन्छ । यो रुख निकै विषालु हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो । 

यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु हुन्छ । 

वैज्ञानिकहरुका अनुसार यो रुखमा पाइने विष मानिसको शरीरमा प्रवेश गरेमा कुनै विषालु इन्जेक्सनसरह मानिसका लागि मृत्युको कारण बन्दछ ।यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *