प्रियंकाको हट तस्विरमा फ्यानले दिए यस्तो गाली

 

जेठ २३, नयाँ दिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडा जोनास अहिले मुम्बईमा छिन् । 

प्रियंका आफ्नो आउँदो चलचित्र ‘द स्काई इज पिंक’ को शुटिङका लागि मुम्बई आएकी हुन् । प्रियंका चोपडा सिधै लस एन्जलबाट मुम्बई आएकी हुन् । 

null

फरहान अख्तर र जायरा वसीमका साथ प्रियंका उक्त चलचित्रको एक गीतमा शूट गर्न लागेकी छिन् । आजबाट सुरु भएको यस गीतको शूटिङ पाँच दिनसम्म चल्नेछ । 

सोही क्रममा उनले एक म्यागेजिनका लागि फोटोशूट गराएकी छिन् । उक्त फोटोमा उनले साडी लगाएकी छिन् तर फरक शैलीमा । 

 

तरुण तहलियानीद्वारा डिजाइन गरिएको गोल्डेन सिमरी साडीमा प्रियंकाले ब्लाउज लगाएकी छैनन् । ब्लाउजविना लगाइएको साडीमा उनले ब्याकलेस पोद दिएकी छिन् । उक्त तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यूजर्सले विभिन्न ट्रोलहरु बनाइरहेका छन् । कतिले नराम्रा टिप्पणीहरु पनि गरिरहेका छन् । 

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले ड्रिक गर्नुभएको छ । लाज मान्नुस्, यो नभुल्नुस् कि तपाईं भारतीय हो ।’ 

त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘हलिउडमा फिट हुनका लागि भल्ग्यारिटिको हद पार गर्दैछिन् ।’ 

एक अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘प्रियंकाले हलिउडमा नाम कमाउनका लागि सबै हद पार गरेकी छिन् । तपाईंप्रति शर्म आइरहेको छ आन्टी ।’ 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *