सलमानकाे आमाको भूमिका खेल्दा यी अभिनेत्री ट्राेलकाे शिकार

 

जेठ ३०, भारत ।  भारत फिल्म आफ्नो कमाईका कारण चर्चा छ । फिल्ममा सलमान खान र कट्रिना कैफको केमेस्ट्रीको पनि निकै तारिफ भइरहेको छ । तर एक नायिका छिन् जो फिल्ममा आफ्नो भूमिकाका कारण ट्रोल भइरहेकी छिन् । 

वास्तवमा सोनाली कुलकर्णीले फिल्ममा सलमान खानकी आमाको भूमिका निभाएकी थिइन् । ४४ वर्षकी सोनालीलाई ५३ वर्षका सलमानकी आमाको रुपमा देखाइएको थियो । 

null

यसै कारण उनी सोसल मिडियामा ट्रोलको शिकार भएकी छिन् । उनलाई सही भूमिका छान्न सल्लाह दिइरहेका छन् । 

हालैको एक अन्तरवार्तामा जब सोनालीलाई यसबारे सोध्दा उनले आफ्नो भूमिकाप्रति गर्व भएको बताइन् । आफूले सलमानको आमाको भूमिका निभाएकोमा आफूलाई कुनै पछुतो नभएको उनले बताएकी छिन् । 

सोनालीले भनिन्, ‘भूमिका मेरो आफ्नै रोजाईको थियो । आफूले निभाएको भूमिकामाथि मलाई गर्व छ । म दर्शक र क्रिटिक्सको सुझावको सम्मान गर्छु । यसअघि मैले ऋतिककी आमाको भूमिका पनि निभाइसकेकी छु । 

सन् २००० मा मैले ऋतिक रोशनको एडप्टिभ आमाको भूमिका निभाएको थिएँ । मलाई थाहा छ कि मानिसहरु उमेर भिन्नतामाथि ध्यान दिइरहेका छन् । तर थुप्रै पटक यो आलोचनाका लागि नभई कलाकारको ग्रोथका लागि पनि सुझाव छ ।’ 

स्मरण रहोस्, सन् २००० मा आएको मिशन कश्मिर’ मा ऋतिक रोशनकी आमाको भूमिकामा देखिएकी थिइन् । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *