सलमान खानले गरे कट्रिना कैफकाे अपमान

 

जेठ २१, भारत ।  बलिउड नायक सलमान खान ‘भारत’को प्रोमोशनमा व्यस्त छन् । प्रोमोशनको सिलसिलामा रियालिटी डान्स शो सुपर डान्सर ३ को सेटमा पुगेका थिए । उक्त कार्यक्रममा सलमान खानले कट्रिनाको अपमान गरेको भारतीय मिडियाले दाबी गरिरहेका छन् । 

वास्तवमा, कट्रिना कैफले एक कोरियोग्राफरको तारिफ गरिन् जसले उनीसँग ठग्स अफ हिन्दोस्तानका लागि काम गरेकी थिइन् । कोरियोग्राफरले पनि कट्रिनाको कडा मेहनतको तारिफ गरे । 

null

 

कट्रिना कैफले ठग्स अफ हिन्दोस्तानको गीत ‘सुरैया’ को एउटा डान्स स्टेपका लागि करिब एक महिनासम्म अभ्यास गरेको कोरियोग्राफरले बताए । यता सलमानले एक महिनासम्म अभ्यास गर्नुपर्ने कस्तो डान्स स्टेप हो भनेर सोधे । उक्त स्टेप घुँडाले टेकेर उफ्रनुपर्ने भएकाले कट्रिनाले सलमानलाई उक्त डान्स स्टेप नगर्न सुझाइन् । स्मरण रहोस्, सलमान खानको घुँडामा समस्या छ । 

डेक्कन क्रोनिकलसको एक रिपोर्ट अनुसार चुनौतीबाट पछि नहट्ने सलमान खान डान्स स्टेप गर्न आफ्नो कुर्सीबाट उठे । कट्रिनाले उनको हात समातेर रोक्न खोजिन् तर सलमान कट्रिनाको हात छुटाएर स्टेजतर्फ बढे । 

सलमान खान स्टेजमा पुगेपछि पनि कट्रिनाले पुनः माइकबाट उक्त स्टन्ट उनको घुँडाका लागि ठिक नभएको भन्दै यस्तो नगर्न सल्लाह दिइन् । तर जिद्दी सलमानले उक्त स्टेप गरेर मात्रै आफ्नो कुर्सीमा फर्किए । 

यो देखेर कट्रिनाको अनुहार मलिनो भयो । यसो गरेर सलमानले कट्रिनाको कुराको नजरअन्दाजमात्र गरेनन्, उनले एकैपटकमा निकै कठिन भनिएको उक्त डान्स स्टेप गरेर देखाइदिए । 

सलमानको डान्स एकप्रकारले कट्रिनाको एक महिनाको मेहनतमाथिको अपमान जस्तै भएको धेरैले बताइरहेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *