विवाह भएको १५ दिनमै विवाह गराइदिने पण्डितसँग भागेपछी

 

जेठ २६, भारत । विवाह भएको १५ दिनमै एक दुलही आफ्नो विवाह गराउने पण्डितसँगै भागेकी छन् । 

यो घटना भारतीय राज्य मध्य प्रदेशको हो । मध्य प्रदेशको सिरोन्ज शहरअन्तर्गत टोरी बागरोदमा एक दुलही विवाहको १५ दिनपछि आफ्नो विवाह गराइदिने पण्डितसँग भागेकी हुन् । 

null

यो घटना त्यो दिन भयो, जुन दिन भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै थियो । 

दैनिक भास्करको समाचारका अनुसार २१ वर्षीया ति दुलहीको विवाह मे ७ तारिखमा भएको थियो । विवाहपछि युवती पहिलोपटक आफ्नो माइती आएकी थिइन् । माइती आएको बेला २३ मेको राति युवती पण्डित (विनोद महाराज)सँग भागेकी हुन् । 

समाचार अनुसार विनोद विवाहित व्यक्ति हुन् । उनका २ सन्तान रहेका जनाइएको छ । 

प्रहरीले पण्डितसँग भागेकी युवती र पण्डितको खोजी गरिरहेको जनाएको छ । दुलहाको परिवारले भने विवाहित युवतीले आफूहरुले दिएको करिब डेढ लाख रुपैयाँ बराबरको गहना र ३० हजार रुपैयाँ नगद लगेको बताएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *