मोदीको शपथ ग्रहण पुगेकी बलिउड शाहिदको पत्नी किन भईन् ट्रोलको शिकार

 

जेठ १९, भारत । बलिउड शाहिद कपुरकी श्रीमती मिरा राजपुत स्टाइलको मामलामा कुनै पनि बलिउड नायिकाभन्दा कम छैनन् । तर हालै उनलाई मुम्बई एयरपोर्टमा हातमा जुत्ता लिइरहेको अवस्थामा भेटिएको छ । मीराको यो तस्बिर अहिले निकै चर्चित भएको छ । नाङ्गो खुट्टा हिँडेकोमा उनलाई सोसल मिडिया प्रयोगकर्ताले निकै ट्रोल गरिरहेका छन् । 

मीराको यो तस्बिर दिल्लीबाट मोदीको शपथ ग्रहण समारोहबाट फर्किरहेका बेलाको हो । मुम्बई एयरपोर्टमा उनीसँग शाहिद पनि देखिएका छन् । मीरा नाङ्गो खुट्टा हिँडिरहेकी छिन् । 

null

कतिले ड्रामा बताए त कतिले समर्थन गरेः 

मिराको यो फोटो चर्चामा आएलगत्तै उनी ट्रोलर्सको निशानामा आएकी छिन् । कतिले उनको यो कदमलाई रुचाए भने कतिले उनको निकै आलोचना पनि गरे । 

यस्ता कमेन्ट आएः 

एक प्रयोगकर्ताले लेखे, ‘यो यात्राका लागि मीराले स्लिपर वा फ्ल्याट चप्पल लगाउनुपर्दथ्यो । यिनी कति मुर्ख । के उनी समाचारमा आउन चाहन्थिन् ? सर्वसाधारण पनि थाक्छन् तर उनीहरु कहिले पनि यसरी हिँड्दैनन् । लज्जा, नाटक ।’ एजेन्सी 

 

 

 

 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *