तपाई मःम: धेरै खानुहुन्छ ? सावधान लाग्न सक्छ यस्तो घातक रोग

 

असार ५ । मःम: लाई हामी एउटा खाजाको रुपमा खाने गर्दछौ । यो प्राय जसो सबैको मनपर्ने खाजा हो । मःम खान नरुचाउने सायदै कम व्यक्ति होला । यसको स्वाद निकै स्वादिष्ट हुनुको साथै यो जुनसकुै होटल, रेष्टुरेन्टमा सर्वसुलभ मुल्यमा  सजिलै पाउँन सकिन्छ । 

कोही कोही व्यक्तिलाई त मःम: यतीधेरै मनपर्छ की त्यस व्यक्तिले एकैचोटी २,३ प्लेट मःमः समेत खान सक्छ । मःम मैदाबाट बनेको हुन्छ मैदाबाट बनेको हुँदा यो खान जति मिठो हुन्छ यसको धेरै सेवनले हामीलाई बिभिन्न घातक रोगहरु लाग्न सक्छ । मःम मात्र होईन मैदाबाट बनेको अन्य खानाहरु पनि धेरै खाँदा हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने हुन्छ । त्यसैले हामीले मैदाबाट बनेको खान सकेसम्म कम खानु हाम्रो स्वास्थ्यलाई फाईदा हुन्छ । 

null

मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । मैदाबाट मःमः होस अन्य खानेकुरा खाँदा कस्तो किसिमको घातक रोग लाग्न सक्छ तल बताईएको छ । 

– जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मःमः वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । 

– मःमःको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । 

– मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ । 

– मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् । 

– ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । 

। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =